काठमाडौँ । एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय बेहोर्नुको पछाडि ६ वटा कारण रहेको निष्कर्ष निकालेका छन् ।
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखेको उक्त प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा एमाले पराजयबारे कारण, सुझाव र पार्टी पुनर्गठनबारे प्रस्ताव गरिएको छ । सात प्रदेश कमिटी सहित १३ स्थानमा संकलन गरिएको सुझाव समेटेर तयार पारिएको प्रतिवेदनमा बाह्य शक्तिको चलखेलका कारणले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको हो ।
बरु जनचाहना बमोजिम विगतका सरकारले काम गर्न नसकेको, परिवर्तित जनचाहना सम्बोधन नभएको, जेनजी आन्दोलनबारे एमालेको निष्कर्षमा जनताले विश्वास नगरेकोदेखि पार्टीभित्रको अलोकतान्त्रिक शैलीलाई समेत कारण मानिएको छ । जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गर्नु, युवाहरु एमालेको पक्षमा नदेखिनु, अल्गोरिदम र बाह्य चलखेल बुझ्न नसक्नुलाई पनि पार्टी पराजयको कारण मानिएको छ ।
कार्यदलका संयोजक रामबहादुर थापा र अध्यक्ष ओलीले अगाडि बढाउन नचाहेको पोखरेलको प्रतिवेदन अनुसार यस्ता छन् एमाले पराजयका कारणहरूः
पहिलो– जनअसन्तोष र अविश्वास
दोस्रो– परिवर्तित आकांक्षा सम्बोधन नहुनु
तेस्रो– जेनजी आन्दोलन र ओली प्रधानमन्त्रीका उम्मेदवार
चौथौ– भूराजनीति र अल्गोरिदम
पाँचौ– नीतिगत अलमल र शासकीय कमजोरी
छैटौँ– आन्तरिक समस्या


प्रतिक्रिया