टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ हैदराबादसँग खेल्दै

टप एन्ड टी-२० सिरिज: नेपाल ‘ए’ हैदराबादसँग खेल्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अष्ट्रेलियमा भइरहेको टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९:१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो ।

नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो ।

सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्त्वपूर्ण छ । ताजा स्थितिमा नेपाल चार अंकसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अंक नै छ । उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ ।