काठमाडौं । रसुवा बाढीमा परी बेपत्ता भएकाहरुमध्ये हालसम्म १ सय ६५ जनाको शव फेला परेको छ । बिहीवार बिहान सवा ८ बजेसम्म सरकारले दिएको जानकारीअनुसार र हालसम्म १६५ जनाको शव फेला परेको छ भने ८ सय २६ जना अझै बेपत्ता रहेका रहेका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपद्का कारण ठूलो मानवीय क्षति भएको जानकारी दिएको छ । केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलकाअनुसार बेपत्ता हुनेहरूमध्ये ८५ जना सुरक्षाकर्मी रहेका छन् ।
जसमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना छन् । अन्य बेपत्ताहरूमा रसुवाका १ सय ६१ र नुवाकोटका १ जना रहेका छन् । यसैगरी, कुल ५ सय ७९ जना पर्यटकहरू पनि सम्पर्कविहीन भएको मन्त्रालयले जनाएको छ ।
जसमा १ सय १३ जना नेपाली र ४ सय ६६ जना विदेशी पर्यटक रहेका छन् । मन्त्रालयको विवरण अनुसार हालसम्म १०४ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ४३, नुवाकोटबाट ५८ र धादिङबाट ३ जना रहेका छन् ।
फेला परेका १ सय ६५ शवहरूको जिल्लागत विवरणअनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा शव प्राप्त भएका छन् ।
त्यस्तै, नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ । केन्द्रका प्रमुख पौडेलले फेला परेका कतिपय शवहरू क्षतविक्षत अवस्थामा रहेको जानकारी दिए ।
मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट संप्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया