राजेन्द्र लिङ्देन र कमल थापा फेरि अलग्गिने भएका छन् । आज बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकले थापासँगको सहमति अन्त्य गर्ने निर्णय गर्न लागेको छ । प्रदेश सरकार गठनमा देखिएको असमझदारीका कारण लिङ्देनले थापासँगको सहमति तोड्न लागेको बुझिएको छ । स्रोतका अनुसार सहमति अन्त्य गर्नकै लागि आज ३ बजे बैठक बोलाइएको हो ।
‘केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसमा सहमति अन्त्यको निर्णय हुँदैछ’,स्रोतले भन्यो । लिङ्देन पार्टी अध्यक्ष बनेपछि थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नामको दल खोलेका थिए ।
दुईबीच गत पुसमा एकीकरण भयो । सोहीअनुसार उनीहरुले निर्वाचन आयोगमा निवेदन दर्ता गरे । आयोगले निवेदन दर्ता गरेर उनीहरुसँग एकीकरणका निम्ति कागजात माग्यो।
तर, दुवै पक्षले कागजात बुझाएनन्, जवाफ पनि पेश गरेनन् । आयोगबाट औपचारिक रुपमा एकीकरण नहुँदै दुवै पक्ष छुट्टिने बाटोमा पुगेका हुन् ।


प्रतिक्रिया