रसुवा बाढी: एक हजार ५४५ जनाको उद्धार, २८ जना प्रहरी अझै सम्पर्कविहीन

रसुवा बाढी: एक हजार ५४५ जनाको उद्धार, २८ जना प्रहरी अझै सम्पर्कविहीन


ग्लोब नेपाल
378
Shares

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाल प्रहरीले चार हजार ३४८ जना प्रहरी परिचालन गरेको छ।

नेपाल प्रहरीले भदौ १२ गते बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट र धादिङबाट एक हजार ५४५ जनालाई घाइते तथा अन्य अवस्थाबाट उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये रसुवाका ६४४, नुवाकोटका ८९८ र धादिङका तीन जना छन्। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा अवस्था पहिचान गर्ने कार्य भइरहेको छ।

बाढी प्रभावित विभिन्न जिल्लाबाट ४६९ जनाको शव फेला परेको विवरणमा उल्लेख छ। जिल्लागत रूपमा रसुवामा १२, धादिङमा ३३, गोरखामा ४४, पूर्वी नवलपरासीमा ११०, नुवाकोटमा ३७, चितवनमा १७८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले सार्वजनिक गरेको छ।