बाढीमा फेला परेका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन

बाढीमा फेला परेका ४८९ शवमध्ये ३९३ को पहिचान हुन सकेन


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधवार आएको बाढीपछि विभिन्न जिल्लामा फेला परेका ४८९ शवमध्ये ३९३ वटाको पहिचान हुन सकेको छैन।

नेपाल प्रहरीका अनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पश्चिम नवलपरासीमा शव फेला परेका छन्।

फेला परेका शव सम्बन्धित जिल्लाका साथै काठमाडौँ, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तुमा राखिएको प्रहरीले जनाएको छ।

बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। फेला परेकामध्ये ९६ शवको मात्रै पहिचान भएको छ।