भारतीय नेतालाई घुमाउने जिम्मा कांग्रेस नेता रानाको भागमा

भारतीय नेतालाई घुमाउने जिम्मा कांग्रेस नेता रानाको भागमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । भारतीय सञ्चारमाध्यम एनडीटीभीको ‘कन्क्लेभ’मा सहभागी हुन काठमाडौं आएका भारतीय जनता पार्टी (भाजपा) नेता रविशंकर प्रसाद र विदेश विभाग प्रमुख विजय चौथाइवालाई घुमाउने जिम्मा कांग्रेस नेता तथा सांसद सन्दीप रानाको भागमा परेको छ । कार्यक्रम सकिएपछि उनीहरुलाई पशुपतिनाथलगायत काठमाडौंका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल घुमाउने जिम्मेवारी रानाको भागमा परेको हो ।

रसुवा र नुवाकोट जिल्लालाई बाढीले तहसनहस बनाएको बेला सरकारका मन्त्री, सांसद तथा राजनीतिक दलका नेताहरू राजधानीको पाँचतारे होटलमा आयोजित कार्यक्रममा सहभागी हुँदै रात्रिभोजमा समेत उपस्थित भएको फोटो र खबरले सामाजिक सञ्जाल तताएको छ ।

बाढीका कारण सयौँको ज्यान गएको छ भने ठूलो संख्यामा मानिस बेपत्ता छन् । जिम्मेवार पदमा रहेकाहरू प्रभावित क्षेत्रमा उद्धार,खोजी तथा राहतमा केन्द्रित हुनुपर्नेमा राजधानीमा आयोजित कार्यक्रम र भोजमा रमाएको भन्दै आलोचना भएको छ ।