बाढीपीडितको राहतका लागि चीनले नेपाललाई २० लाख डलर दिने

बाढीपीडितको राहतका लागि चीनले नेपाललाई २० लाख डलर दिने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । चीनले बाढीपहिरोबाट प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीन सरकारले नेपाली सरकारलाई उक्त रकम सहयोगस्वरूप पठाउन लागेको हो ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान सञ्चालन भइरहेका बेला चीनले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो ।

चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बाढी तथा पहिरो प्रभावितको राहत र उद्धार कार्यमा उपयोग गरिने जनाइएको छ । यसअघि पनि विभिन्न मुलुकले नेपाललाई विपद्पछिको राहत तथा उद्धारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारतले राहत सामग्री नेपाल पठाइसकेको छ भने आवश्यकताअनुसार थप सहयोग गर्ने जनाएको छ ।