काठमाडौं । बाढीबाट भोटेकोशी र त्रिशुली जलविद्युत गृहका सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सघाउन भारतीय टनेल विज्ञ टोली आएको छ ।
गएराति सि–१३० सैन्य विमानमा उक्त टोली आएको हो । टोलीसँगै बाढी प्रभावितका लागि ११ टन कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटलगायतका राहत सामग्री ल्याइएका छन् ।
भारतले बाढीबाट क्षतिग्रस्त संरचना पुनःस्थापनाका लागि २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल पुल निर्माणमा आवश्यक उपकरण राखेर १६ वटा ट्रक नेपाल पठाएको विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन् ।
भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीपछि भारतले शनिबार राति नेपाल पठाएको यो चौथो चरणको राहत तथा प्राविधिक सहयोग हो ।


प्रतिक्रिया