एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक आउँदो असोज ५ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। एमाले स्रोतका अनुसार उक्त बैठक असोज ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।

पार्टीको नवौँ-दसौँ महाधिवेशनपछिको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो। बैठकमा समसामयिक राजनीतिक स्थिति, पार्टीको साङ्गठनिक सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।