दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा

दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुञ्चेमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ।

बाढीका कारण प्रभावित बनेका क्षेत्रमा हराइरहेकाको खोजी तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले आएको टोलीले आजदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ।

टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी काम अघि बढाउने जनाइएको छ। विदेशी विशेषज्ञ टोलीको परिचालनले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार प्रयासलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।