काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपद्को बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको कारणले गर्दा भएको विपत्ति नभएको बताएका छन ।
उनले भने, ‘यो विपत्ति भएको कारण भनेको कार्बन उत्सर्जन गर्ने अरू राष्ट्रका कारणले गर्दा हामीले विपत्ति भोगिरहेका छौँ । यसको क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ । अन्तर्राष्ट्रिय समुदायकहाँ जानुपर्छ कि संयुक्त राष्ट्रसंघमा जानुपर्छ ? हामीले त्यो संसद्बाट पास गरेर हाम्रो हकदाबी गर्ने हो । हामीले क्षतिपूर्तिसहित माग गर्नुपर्छ ।’
उनले बैठकमा सुरुङमा फसेकाहरूको उद्धारदेखि राहत वितरणको विषयमा छलफल भएको बताएका छन । सङ्कटको बेलामा विभाजित नभएर सरकारलाई साथ दिनुपर्ने पनि बताए । उनले सङ्घीय सरकारले तीनै तहका सरकारबीच समन्वय गर्नुपर्ने विषयमा पनि छलफल भएको पनि बताएका छन ।


प्रतिक्रिया