१५औं महाधिवेशन तयारीका लागि कांग्रेस संस्थापन इतरको बैठक चुनदेवीमा

१५औं महाधिवेशन तयारीका लागि कांग्रेस संस्थापन इतरको बैठक चुनदेवीमा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले गठन गरेको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक आज बस्दै छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित समितिको आयोजनामा दिउँसो १ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको हो।

बैठकमा आगामी १५ औँ महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध सांगठनिक विषय गरी तीन मुख्य एजेन्डामा केन्द्रित रहेर छलफल हुनेछ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई बैठकमा अनिवार्य सहभागिताका लागि आमन्त्रण गरिएको छ।