काँग्रेस महाधिवेशन मंसिर २१ देखि २३ सम्म गर्ने देउवा पक्षको प्रस्ताव

काँग्रेस महाधिवेशन मंसिर २१ देखि २३ सम्म गर्ने देउवा पक्षको प्रस्ताव


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म आयोजना गर्ने प्रस्ताव अघि सारेको छ।

चुनदेवीमा जारी समूहको बैठकमा महाधिवेशनको मिति तय गर्ने प्रस्तावसँगै त्यसअघि सम्पन्न गरिने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकासमेत प्रस्तुत गरिएको छ।

प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा तहको निर्वाचन गर्ने उल्लेख छ। त्यसपछि असोज २० गते पालिका तहको निर्वाचन गर्ने र असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन तथा प्रतिनिधि छनोटसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ।

त्यसैगरी कात्तिक १५ गते जिल्ला तहको अधिवेशन तथा मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव बैठकमा राखिएको छ। यी सबै तहका निर्वाचन तथा अधिवेशन सम्पन्न भएपछि मंसिर २१ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने देउवा पक्षको प्रस्ताव रहेको छ।

उता विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले भने आगामी असोज १६–१९ सम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै ल्याइसकेको छ । उक्त कार्यतालिकाअनुसार कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्दैछ ।