काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
अनुशासन समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा लेखिएको छ- ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ : ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’



प्रतिक्रिया