काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।
प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्- ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् । यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’
उनले हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया