काठमाडौं । प्रधानन्यायाधीश मनोज शर्मा उत्तरी छिमेकी मित्रराष्ट्र चीन जाने कार्यक्रम तय भएको छ । असोज ४ गतेदेखि ८ गतेसम्मका लागि उनी सम्भवतः ३ गते नै काठमाडौंबाट प्रस्थान गर्ने बुझिएको छ ।
प्रधानन्यायाधीशको टोलीमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार बिमल पौडेल, प्रधानन्यायाधीश पत्नी,निजी सचिव राजेन्द्र पौडेलसहित चार जना रहने छन् । टोलीले चीनमा आयोजना हुन लागेको न्यायाधीशहरुको दक्षिण एसियाली सम्मेलनमा भाग लिने छ ।
यता बेलायतबाट त्यहाँको सर्वोच्च अदालतका एकजना न्यायाधीशको नेतृत्वमा पाँच जनाको टोली हिजो काठमाडौं आइपुगेको छ । टोलीमा वरिष्ठ अधिवक्ता, ट्राइब्युनलका न्यायाधीशहरु पनि रहेको बुझिएको छ ।


प्रतिक्रिया