ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुनेभाे: सांसद आशिका

ग्यासको भन्दा मन्त्रीको लाइन लामो हुनेभाे: सांसद आशिका


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारभन्दा ठूलो बिचौलिया हो ? भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ । यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ?’ पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो ? भन्दै प्रश्न समेत गरेकी छन ।

उनले थपिन्, ‘यदि साँच्चिकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नुपर्‍यो। होइन भने महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ ।’