एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज साँझ बस्ने

एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज साँझ बस्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै छ ।

कार्यदलका संयोजक एवम् उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी कार्यालयमा हिजो बसेको बैठकमा विषय प्रवेश नगरेपछि आज बेलुकी पुनः बैठक बस्न लागेको हो।

कार्यदलको बैठकमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष थापाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन्। तिनै प्रतिवेदनमाथि आजदेखि छलफल हुन लागेको जानकारी सचिव महेश बस्नेतले दिएका छन्।