चार वटा संसदीय समितिको बैठक बस्दै

चार वटा संसदीय समितिको बैठक बस्दै


ग्लोब नेपाल
108
Shares

काठमाडौं। आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ।

संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ।

शुक्रबार दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

यसैगरी शुक्रबार बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनरभ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यसैगरी शुक्रबार बिहान १० बजे बस्ने उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “खानी तथा खनिज पदार्थ विधेयक,२०८३” माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ।

यसैगरी शुक्रबार बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ।