त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।

२५ वर्षीय चालक दावा लामाको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार लामाको सोमबार राति नै निधन भएको हो ।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।