सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो 

सुन ३२ सय र चाँदी तोलाको १६५ रुपैयाँले घट्यो 


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँ घटेर दुई लाख ९९ हजार एक सय रुपैयाँमा झरेको छ। बुधबार सुनको मूल्य तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेर चार हजार ६ सय ५० रुपैयाँमा झरेको छ। बुधबार चाँदीको भाउ तोलाको ४८ सय १५ रुपैयाँ थियो।