काठमाडौं । श्रीलंकालाई हराउँदै नेपाली महिला कबड्डी टिम सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार जापानको आइची नागोयामा जारी २०औं एसियाली खेलकुदमा नेपालको कबड्डी टिमले कम्तीमा कास्य पदक पक्का गरेको छ ।
तोकाई सिटीजन जिम्याजिउममा भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराउँदै पदक पक्का गरेको हो । मानमनी विष्टको कप्तानीमा रहेको नेपाल खेलमा ३४–२५ ले विजयी भयो ।
कबड्डी टिमले लगातार दोस्रो पटक एसियाली खेलकुदमा कास्य पदक पक्का गरेको हो । १९औं एसियाली खेलकुदमा नेपालले कास्य पदक जितेको थियो । यसअघि बुधबार कराँतेका तेञ्जिङ शेर्पाले कुमुते ८४ केजीमाथि पदक कास्य पदक जितेका थिए ।
नेपाली खेलाडीहरु कप्तान मानमतीसँगै गंगा घिमिरे, जयन्ती बडु, सिर्जनाकुमारी थारु, मीना नेपाली, रविना चौधरीलगायत खेलाडी चम्किएपछि नेपाल खेलमा हाबी भएको थियो । नेपाल पहिलो हाफमा नेपाल १९–१३ को अग्रता बनाउन सफल भयो । दोस्रो हाफमा समेत दबदबा कायम राख्दै नेपाल जित निकाल्न सफल भएको हो । अब सेमिफाइनलमा नेपाल र इरानसँग खेल्नेछ ।


प्रतिक्रिया