काभ्रे । अविरल वर्षाका कारण काभ्रेको रोशी गाउँपालिकाका दुई फरक स्थानमा भीषण पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान करिब ४:३० बजे रोशी गाउँपालिका–७ स्थित चारसयबेसी र वडा नम्बर ८ स्थित गिम्दीबेसीमा सडकमाथिबाट ठूलो पहिरो खसेको हो। पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ।
सडक अवरुद्ध भएसँगै प्रहरीले बीपी राजमार्ग भई यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई सडकको अवस्था र आवागमन खुले/नखुलेको यकिन जानकारी लिएर मात्र यात्रा तय गर्न आग्रह गरेको छ।
साथै सो क्षेत्रमा थप पहिरो खस्ने र जोखिम बढ्ने सम्भावना रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउनसमेत प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया