काठमाडौँ । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधिहरू फिल्डमा खटाएको छ । देउवा समूहले २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
महाधिवेशनका लागि गठन गरिएको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशका ५५ जिल्लाहरूमा संयोजकहरू पनि तोकिसकेका छन् । महाधिवेशनका लागि गठन गरिएको कोइराला संयोजकत्वको महाधिवेशन तयारी समितिका अनुसार १५ असोजमा वडा अधिवेशन हुँदैछ ।


प्रतिक्रिया