मनोहरामा बहाव बढेपछि च्यासल क्षेत्रमा गृहमन्त्री गुरुङ

मनोहरामा बहाव बढेपछि च्यासल क्षेत्रमा गृहमन्त्री गुरुङ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । लगातारको वर्षाले मनोहरा खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय आसपासको क्षेत्र अवलोकन गरेका छन्।

खोलामा पानीको सतह बढ्दै जाँदा किनारनजिक रहेको कार्यालय परिसर डुबानको जोखिममा परेको छ। वर्षा जारी रहेकाले त्यस क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।

गत वर्ष पनि मनोहराको बाढी कार्यालय परिसरमा पसेको थियो। यसपटक भने कार्यालयमा पानी प्रवेश गरेको पुष्टि भएको छैन।