काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछको लागि बोलाएको छ ।
प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा बोलाइएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिएका छन ।
यसबारे जानकारी दिँदै उनले भने, ‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो ।’
मानव अधिकार आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब १ घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो ।


प्रतिक्रिया