काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालको जलवायु सङ्कट र जलवायु न्यायको विषय उठाएकोप्रति धन्यवाद व्यक्त गरेकी छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक ओलीले यस्तो बताएकी हुन । उनले प्रधानमन्त्रीले भगवान् श्री पशुपतिनाथले विश्वको रक्षा गरून् र विश्व बुद्धको मार्गमा हिँड्न सकोस् भन्ने धारणा व्यक्त गरेको भन्दै प्रशंसा समेत गरिन् ।
उनले बालेनको प्रशंसा गर्दै प्रश्न गरिन्, ‘विश्वका अनगिन्ती पश्चिमा मुलुकहरूले बुद्धको मार्ग ठीक भएन भनेर यही मुलुकमा आएर खुल्लमखुल्ला धर्मान्तरण गराएर मिसनरीको मार्गमा हिँड्नुपर्छ भन्दै गर्दा राज्य कुन मार्गमा उभिएको छ ?’ उनले धर्मान्तरणका लागि दबाब, प्रलोभन वा गैरकानूनी माध्यम प्रयोग भइरहेको भन्दै त्यसमा सरकारको जवाफ समेत माग गरेकी छन ।
उनले थपिन्, ‘दबाब, प्रलोभन र गैरकानूनी तरिका र लोभबाट, लोभको माध्यमबाट धर्मान्तरण गराउने मिसनरीहरूलाई उहाँहरूले कुन रूपमा हेर्नुभएको छरु यस्तै हो भने एकदिन सनातनीले पशुपतिनाथको रक्षा गर्दिनुस् भनेर यही सदनमा गुहार्नुपर्ने दिन आउन सक्छ।’


प्रतिक्रिया