काठमाडौँ । कांग्रेसले आगामी १८ असोजबाट सुरु हुने आफ्नो १५ औँ महाधिवेशन उद्घाटनका क्रममा शुभकामना सन्देश दिने दलका नेताहरूको सूची सार्वजनिक गरेको छ ।
कांग्रेसले जारी गरेको सूचीअनुसार सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाबाट राजेन्द्र लिङदेनले उद्घाटनमा सम्बोधन गर्नेछन् ।
त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सम्बोधन गर्ने निश्चित भएको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया