काठमाडौं । नेपाली जनसम्पर्क समितिबाट कांग्रेसको केन्द्रीय सदस्यमा दुई महिलासहित ७ जना निर्वाचित हुने व्यवस्था छ । खुल्ला प्रतिस्पर्धाबाट दुई महिला र युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, प्यासेफिक र भारतबाट एक–एकजना निर्वाचित हुने व्यवस्था छ ।
दुई महिलाका लागि ६ जनाको उम्मेदवारी परेको छ भने विभिन्न क्षेत्रका लागि २९ जना चुनावी मैदानमा छन् । दुई महिलाका लागि चन्दा अधिकारी, नन्दीकुमारी न्यौपाने, निर्मला थापा मगर, रविना थापा, डा. संगीता कार्की कुँवर र सीता सापकोटा घिमिरेको उम्मेदवारी परेको छ ।
यस्तै युरोप क्षेत्रबाट एक पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । अंकित ओली, इन्द्रप्रसाद शर्मा, जितेन्द्रविक्रम शाही, टंक लम्साल, पूर्ण तिमिल्सिना, विजय मोक्तान, विश्व आदर्श पण्डित, शशीभुषण शाह र शालिकराम गौतमको उम्मेदवारी परेको छ ।
यस्तै ओसियाना–अमेरिकी क्षेत्रको एक पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । अमृत बोस्ती, कञ्चन पोखरेल, कृष्ण गिरी, जगनाथ, रामकुमार मिश्र, रामजीवी पन्थ र सिए. विद्याभुषण कार्कीको उम्मेदवारी परेको छ ।
मध्यपूर्व क्षेत्रबाट एक पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । पुरुषोत्तम खनाल, रितबहादुर कटुवाल, विमल सुवेदी र खेमराज बस्नेतको उम्मेदवारी परेको छ ।
प्यसिफिक क्षेत्रबाट एक पदका लागि सातजनाको उम्मेदवारी परेको छ । चण्डिप्रसाद योङ्या, दण्डपाणि कँडेल, डिपी, नवराज शिवाकोटी, नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, विनोदबहादुर थापा र सुरेश कोइरालाको उम्मेदवारी परेको छ । यसैगरी भारतबाट एक पदका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । धर्मराज काफ्ले र बालकृष्ण पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
२७ देशका समितिबाट २ सय ४६ मतदाता छन् । सबैभन्दा धेरै बेल्जियमबाट २४ जना छन् भने अमेरिका र लक्जम्वर्गबाट १५–१५ जना छन् । यस्तै अस्ट्रेलिया, कतार, जापान, पोर्चुगल, युएइ, साउदीबाट १४–१४ जना प्रतिनिधि छन् । यस्तै आयरल्यान्ड, इजरायल, ओमान, जर्मनी, कोरिया, नर्वे, बहरान, मकाउ, मलेसिया, माल्टा, साइप्रस, स्पेन र हङकङबाट ७–७ जना प्रतिनिधि छन् । चीन, नेदरल्यान्ड, पोल्यान्ड, फ्रान्स र स्वीट्रल्यान्डबाट १–१ जनाले प्रतिनिधित्व गरेका छन् ।


प्रतिक्रिया