कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने

कांग्रेस महाधिवेशन : फेरि सर्‍यो मतदानको समय, २ बजेबाट सुरु हुने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचन फेरि सरेको छ। निर्वाचन दिउँसो २ बजेसम्मका लागि सारिएको छ। दोस्रो संशोधित सूचनामा १ बजे हुने भनिएको थियो ।

निर्वाचन समितिका अनुसार निर्वाचनको तयारी नपुगेकाले मतदानको समय पटक–पटक परिवर्तन गर्नुपरेको हो। यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक समस्याका कारण मतदान समय बिहान १० बजेसम्मका लागि सारिएको थियो।

त्यसपछि १० बजेबाट दिउँसो १ बजे र अहिले पुनः २ बजेका लागि सारिएको हो। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्।