काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ । उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि सम्बन्धित कार्यविधि स्वीकृत भएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया