कांग्रेस महाधिवेशन : दुई घन्टामा १२९३ मत खस्यो

कांग्रेस महाधिवेशन : दुई घन्टामा १२९३ मत खस्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।

कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १२९३े मत खसेको छ ।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ। दुई घन्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा बसेको मत हो यो । मधेश प्रदेशको भने विवरण आइसकेको छैन । 

मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

कुन प्रदेशमा कति खस्यो ?

कोशी २२२

सुदूरपश्चिम र कर्णाली २५७ 

लुम्बिनी २०२ 

गण्डकी १८८ 

बागमती २१७