कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी

महामन्त्रीमा प्रदीप, उदयशमशेर र डिला विजयी


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । यस्तै, समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । उपसभापतिको खुला प्रतिस्पर्धामा डा. भण्डारीले तीन हजार ७३५ मत र आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन्।

उपसभापतिका उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले (२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६) मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८, फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशम्शेर राणा विजयी भएका छन्। पौडेलले चार हजार १९४ मत प्राप्त गरेका छन् । यस्तै, राणाले दुई हजार ३३० मत पाएका छन् । महामन्त्रीका उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले दुई हजार २५७, गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुन मगरले एक हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।

महामन्त्री महिलातर्फ डा. डिला सङ्ग्रौला(पन्त) विजयी भएका छन् । उनले तीन हजार ११८ मत प्राप्त गरेका छन् भने महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।