कांग्रेस सहमहामन्त्री खुलातर्फ मतगणना जारी, रामहरि खतिवडाको फराकिलो अग्रता

कांग्रेस सहमहामन्त्री खुलातर्फ मतगणना जारी, रामहरि खतिवडाको फराकिलो अग्रता


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणना जारी छ ।

हालसम्म गणना भएको मतपरिणामअनुसार रामहरि खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय शिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।

यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्। खुलातर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।