पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)

पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचिसहित)


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूची राखिएको जनाएको छ।

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।