काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएको छैन । सोमबारदेखि निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्यमा बिहीबार पनि गिरावट जारी छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ८८ हजार चार सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ८९ हजार पाच सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २२० रुपैयाँले घटेर चार हजार ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया