कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि


ग्लोब नेपाल
270
Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दशैँपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । यसअघि भने सबैको शपथ दशैँपछि गर्ने बताइएको थियो ।

कटुवालले सभापतिको शपथग्रहणमात्र शनिबार गर्ने र अन्यको भने दशैँपछि नै हुने बताए । उनले भने, ‘सभापतिको शपथमात्र शनिबार दिउँसो २ बजे हुन्छ । अन्य त कतिपय दशैँ मनाउन जिल्ला जिल्लामा गइसक्नु भएको छ । उहाँहरूको एकैपटक दशैँपछि हुन्छ ।’

यता पार्टी कार्यालयले पनि शनिबार दिउँसो सभापतिको शपथग्रहण हुने विज्ञप्ति जारी गरेको छ ।