सुनको मूल्य ६ सयले बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य ६ सयले बढ्यो, चाँदीको घट्यो


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका बुधबार सुनको मूल्य तोलाको ६ सय र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलाको तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको तीन हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।