काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्ने भएको छ । कांग्रेस स्रोतका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
सरकारले बुधबार मात्रै दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको थियो । प्रहरी नेतृत्व परिवर्तनसँगै कांग्रेस सभापति गगनकुमार थापासहितका नेताहरूलाई पक्राउ गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला कांग्रेस पदाधिकारीहरूको बैठक बस्न लागेको हो ।
यसैबीच, हालै सार्वजनिक इनम सापकोटाको अडियो पनि चर्चामा छ । उक्त अडियोमा सभापति गगनकुमार थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख छ । कांग्रेसले भने उक्त आरोपलाई सरकारको षड्यन्त्र भन्दै आएको छ ।


प्रतिक्रिया