प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी, आज छलफल गर्दै

प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी, आज छलफल गर्दै


ग्लोब नेपाल
0
Shares

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु गरेको छ । सर्वोच्च अदालतका लागि प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।

समितिको बिहीबार बसेको बैठकमा सर्वोच्चका न्यायाधीशका लागि प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । बैठकमा प्राप्त उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।

उजुरीमा उठाइएका विषय, आरोप तथा प्रश्नबारे अध्ययन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ । समितिले उजुरीकर्ताहरूसँग शुक्रबार छलफल गर्ने कार्यतालिका छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरेको थियो । संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गरी समितिबाट नाम अनुमोदन हुनुपर्ने व्यवस्था छ ।