पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु

पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय बालकको मृत्यु


ग्लोब नेपाल
0
Shares

पर्सा। पर्साको पकहामैनपुर गाउँपालिका-२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ८:४५ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।