पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार रायमाझी रिहा भएका हुन् । उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।

रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी पठाएको थियो । तिहारअघि नै संशोधित कैदीपुर्जी प्राप्त भएको र सोही आधारमा रायमाझीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ ।