देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गर्ने दुई जना पक्राउ

देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गर्ने दुई जना पक्राउ


ग्लोब नेपाल
0
Shares

भैरहवा । देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवार बजारमा देउसीभैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा देवदह नगरपालिका–७ का ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ का २१ वर्षीय प्राची बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार कात्तिक २६ गते राति करिब १२ बजेर ५ मिनेटमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षणविपरीत स्वेच्छाचारी तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन नगर्न आग्रह गरेको छ । यस्ता गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।