झापा । आज शुक्रवार विहानै झापाको बुद्धशान्ति गाउँपालिका –२ मा जंगली हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा चालक गम्भीर घाइते भएका छन् ।
बिहान ५ बजे बुद्धशान्ति –२ बिहानी टोलस्थित भित्री बाटोमा बिहानी टोलबाट बुधबारेतर्फ आउदैगरेको मे.३ प. ६८६७ नम्बरको मोटरसाइकललाई सोही ठाउँमा रहेको तीन तले सामुदायिक वनबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ५६ का डिल्लीबहादुर पौडेल घाइते भएका छन् । घाइतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
छातीमा चोट लागेका पौडेलको अवस्था हाल वोल्न सक्ने रहेको र हात्ती जंगलतर्फ नै गएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।


प्रतिक्रिया