कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा

कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

यसअघि छठ पर्वका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक बिदा घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा छ ।

सोही परम्पराअनुसार छठको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।