काठमाडौँ । छठ पर्वको अवसरमा मोटरसाइकल र्याली निकाल्ने तयारीमा रहेका हिन्दु सम्राट नेपालका सात जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–४ स्थित बैजनाथ चोकमा जुलुस निकाल्न भेला भएका उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट आवश्यक स्वीकृति नलिएको भन्दै सशस्त्र प्रहरीले समातेको हो ।
नियन्त्रणमा लिइएका सातै जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा बुझाइएको सशस्त्रले जनाएको छ ।


प्रतिक्रिया