मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा

मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै यादवले राजीनामाको घोषणा गरेका हुन् ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री नागेन्द्र साहका अनुसार विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि यादवले राजीनामाको निर्णय गरेका हुन् ।