बालिका करणी अभियोगमा खड्का र परियार पक्राउ

बालिका करणी अभियोगमा खड्का र परियार पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान, कालिमाटी गाउँपालिका–५ बस्ने १९ वर्षीय खुमराज खड्कालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ । खड्कालाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाँसगढी नगरपालिका–२ पिपल चौतारा बस्ने २२ वर्षीय हेमन्त परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।