काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ । अफगानिस्तानको चौथो विकेट दिपेश कँडेलले लिएका हुन् ।
उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । उनले रहिमुल्लाहलाई सुवाष भण्डारीद्वारा क्याच गराँएका हुन् । पाँचौँ नम्बरका ब्याट्सम्यान रहिमुल्लाहले ६५ बलमा दुई चौका पनि हिर्काएका थिए ।
रहिमुल्लाह र जमशिद जद्रानले अफगानिस्तानका लागि १३४ बलमा ८४ रनको साझेदारी गरे । जमशिद ४७ रन बनाएर क्रिजमा छन् ।
हेमन्त धामीले सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाललाई १० र तेस्रो बलमा अक्रम मोहम्मदजाईलाई शून्य रनमा आउट गरेका थिए । नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका थिए । गुल्सनले अफगानिस्तानका वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् ।
अफगानिस्तानले २८ ओभर ४ बलको खेल सकिँदा ४ विकेट गुमाउँदै ११८ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया